
मकवानपुर असार ७ । धादिङबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले प्रदेश सरकारले ल्याएको बजेट जनमुखि हुन नसकेको बताउनु भएको छ ।
नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डका सदस्य समेत रहनु भएका सांसद पाण्डेले प्रदेश सरकारले ल्याएको २०७८/०७९ को बजेट प्रचारमुखी मात्रै भएको बताउनु भयो ।
बजेटमा कोरोना नियन्त्रण, उपचार र खोपका विषय प्राथमिकतामा पर्नुपर्ने हो तर प्रदेश सरकारले त्यसो गर्न सकेको छैन् सरकारले जनताको अपेक्षा अनुसारका कार्यक्रम तथा बजेट ल्याउनबाट चुकेको बताउनु भयो ।
आफूले दिएका सुझावलाई समेत वेवास्ता गर्दै प्रदेश सरकारले सत्तापक्षका सांसद्हरुलाई नै विपक्षीको रुपमा हेर्ने बताउँदै सांसद् पाण्डेले सरकारले बजेटमा आफ्ना सुझाव नसमेटेर गलत गरेको भन्दै त्यसमा आवश्यक संशोधनका लागि आग्रहसमेत गर्नु भयो ।