धादिङमा आज ४२ जना डिस्चार्ज, १७ जना संक्रमित

Avatar photo
Dhadingpost
सोमवार, असार ७, २०७८

धादिङ असार ७ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ४२ जना कोरोना संक्रमितहरु निको भई ओईशोलेसनबाट डिस्चार्ज भएका छन् भने यहि अवधिमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार आज धुनीबेसीमा १, गजुरीमा २, त्रिपुरासुन्दरीमा १, गंगाजमुनामा १, रुबीभ्यालीमा ७ र धादिङ हस्पिटलमा ५ गरि १७ पोजिटिभ देखिएको हो ।

जिल्ला भित्र ७५० र जिल्ला बाहिर ७६ गरेर धादिङको सक्रिय केस ८२६ पुगेको छ । जिल्ला भित्र हस्पिटल आईशोलेसनमा १७, संस्थागत आईशोलेसनमा २९ र होम आईशोलेसनमा ७०४ रहेका छन् । त्यसैगरी जिल्ला बाहिर हस्पिटल आईशोलेसनमा २१ र होम आईशोलेसनमा ५५ जना रहेका छन् ।

आज ५१ एनटीजेन परिक्षण मध्ये १७ पोजिटिभ आएको छ ।