
धादिङ असार ७ । पत्नी सीता दाहाल सँग चितवन जादै गर्दा धादिङको बेनीघाट रोराङ गाउँपालिका विशालटारमा कार्यकताहरु सँग कुरा गर्दै प्रचण्डले महत्वपूर्ण तीन खुलासा गर्नु भएको छ ।
- भोली २१ जना मन्त्रीको पद जाँदै
- माधव नेपाल र ओली एकै ठाउँमा रहन नसक्ने
- ओली देश द्रोही हुन्
प्रचण्डको कार्यकर्ताहरु सँग भलाकुसारी
बेनीघाट बिशालटारमा गाडीबाट ओर्लना साथ पुर्व जनमुक्ति सेना, सन्तोष डल्लाकोटीलाई कमरेड घर कहिले आउनु भएको भनेर प्रश्न गर्नु भएको थियो । त्यसपछि गाउँपालिका अध्यक्ष पीत्तबहादुर डल्लाकोटी (हरि) लाई मास्कले चिन्न सकिन तपाई हरि डल्लाकोटी हैन के छ धादिङमा कोभिडको अवस्था भनेर प्रश्न गर्नु भएको थियो ।
त्यसपछि कार्यकर्ताहरु सँग कुराकानी गर्दै प्रचण्डले आफुले पाएको सूचना अनुसार संभवतः भोली (असार ८ गते) सर्वोच्चले असंवैधानिक रुपमा ओलीले नियुक्त गरेका २१ जना मन्त्रीहरुको पद खारेज गर्दैछ ।

चुरे सिध्याउने ढुङ्गा गिटी बालुवा प्रकरण, नागरिकता विधेक सर्वोच्चले खारेज गरे सँगै ओलीको मोरल डाउन भैसकेको छ । अब जेष्ठ २ गते मै एमालेलाई फर्कने लचकता देखाएपनि नेपाल ओली सँग नबस्ने प्रचण्डले दावी गर्नु भयो ।
हिजो मात्रै नेपाल कमरेड सँग बसें हाम्रो गठबन्धन संविधान रक्षार्थ हो, नेपालले ओली सँग रहन नसक्ने जानकारी गराउनु भएकोले ओली सिद्धिए माधव नेपाल जीहरुले संसद पुनरस्थापना हुना साथ नाम जे रहला नयाँ पार्टी खोल्नु हुन्छ तमाम एमाले कार्यकर्ताहरु नेपाल सँगै आउनु हुनेछ ।
आधा घण्टा कार्यकर्ता सँग छलफलमा रहनु भएका प्रचण्डले ओली देशद्रोही हुन् आम पार्टी कार्यकर्ताले बुझ्नु होला चुनाव गर्न मिति घोषणा गरेका होईनन् यो त ओलीको चाल हो । संसद पुनरस्थापना हुन्छ, शेरवहादुर देउवा गठबन्धनको तर्फबाट प्रधान मन्त्री बन्नु हुनेछ ।