
धादिङ असार ७ । धादिङबेसी स्थित नीलकण्ठ सव डिभिजन वन कार्यालयका प्रमुख कृष्ण प्रसाद पौडेल ४० हजार घुस सहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीद्वारा ४० हजार नगद सहित कार्यकक्षबाटै सहायक वन अधिकृत पौडेल रङ्गेहात पक्राउ परेका हुन् ।
पौडेलले सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठ अनुसन्धान गर्ने भन्दै कागजात तयार पारेर वन कार्यालयमा लगे पश्चात मुद्दा मिलाउने हो भने ४०,००० दिनुपर्छ भन्दै घुस मागेका थिए ।
पौडेलले घुस मागेको भन्दै सेवाग्राहीले सूचना दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको आयोगको टोलीले उनलाई ४०,००० घुससहित उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिनुभयो ।