टुकी नेपालद्वारा ज्यामरुङमा १४८ जनाको स्वाब संकलन

Avatar photo
Dhadingpost
आइतवार, असार ६, २०७८

धादिङ असार ६ । टुकी नेपाल समाजले नीलकण्ठ नगरपालिकाको ज्यामरुङको ज्यामरुङ स्वास्थ्य परियोजनामा, भारमालेमा र गोलाभन्ज्याङमा शनिबार कोरोनाका शङ्कास्सपद लक्षण देखिएका व्यक्तिहरुको स्वाब संकलन गरेको छ ।

नीलकन्ठ नगरपालिका स्वास्थ शाखाको प्राबिधिक सहयोगमा टुकी नेपालले ज्यामरुङ स्वास्थ्य परियोजनामा ३४ जना, वडा कार्यालय भारमालेमा ३६ र गोलाभन्ज्याङमा ७८ जना गरी १४८ जनाको पीसीआर परिक्षणको लागि स्वाब संकलन गरेको स्वास्थ्यकर्मी प्रशान्त ढउन्याले धादिङपोष्टलाई बताए ।

उक्त स्वाव संकलनमा स्वास्थ्यकर्मीहरु मनिता लम्साल, सागर लम्साल, विद्या श्रेष्ठ, अमूत गुरुङ, एलिना राई लगायतको सहभागिता थियो ।