
धादिङ असार ६ । धादिङको रुवीभ्याली गाउँपालिका–२ तीप्लीङमा सडक खन्ने क्रममा पहिरोमा परी वेपत्ता भएका दुई मध्ये एक जनाको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले बताउनु भएअनुसार वेपत्ता भएका स्काभेटर चालक सिन्धुपाल्चोक निवासी २३ वर्षीय राजु पराजुलीको शव भेटिएको हो । सहचालक रुवीभ्याली–५ लापाका २० वर्षीय जोजो तामाङको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ धादिङबेँसी-साङ्कोष-तिप्लिङ–सोमदाङ सडक निर्माणका क्रममा रुवीभ्यालीको वडा नम्बर २ तीप्लीङको अताखोलाको पहिरोमा परि २ जना बेपत्ता भएका थिए । भने स्काभेटर टुक्रा टुक्र अवस्थामा फेला परेको छ ।