धादिङमा आज ५४ जना डिस्चार्ज, २७ जना संक्रमित थप

Avatar photo
Dhadingpost
शनिबार, असार ५, २०७८

धादिङ असार ५ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ५४ जना कोरोना संक्रमितहरुलाई निको भएको छ भने २७ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार आज थपिएका संक्रमितहरुमा नीलकण्ठमा ५, सिद्धलेकमा ३, धादिङ हस्पिटलमा ११, गल्छीमा १ र त्रिपुरासुन्दरीमा ७ गरि २७ छन् ।

जिल्ला भित्र ७९३ र जिल्ला बाहिर ९२ गरेर धादिंगको सक्रिय केस ८८५ पुगेको छ। जिल्ला भित्र हस्पिटल आईशोलेसन १८, संस्थागत आईशोलेसन ३५ र होम आईशोलेसन ७४० रहेका छन्। त्यसैगरी जिल्ला बाहिर हस्पिटल आईशोलेसन २३ र होम आईशोलेसन ६९ रहेका छन् ।
आज ७१ एनटीजेन परिक्षण गरिएको मध्य १९ पोजिटिभ आएको छ।