
धादिङ असार ५ । जिल्ला प्रशासन कार्यालय धादिङले रुबीभ्याली गाउँपालिका २ सेर्तुङ र तिप्लिङ गाँउको बिच पर्ने अता खोलाको पहिरोमा परि वेपत्ता भएका दुई जनाको खोज विन गर्न गृह सँग हेलिकप्टरको माग गरेको छ ।
भौगोलिक विकटता र स्थलगत खोज विनको लागि अत्यन्त कठिन भएको जनाउँदै प्रसासनले वेपत्ता खोजविन गर्न गृह सँग हेलिकप्टर माग गरिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार हिजो बेलुका ६ बजे साङ्कोस तिप्लिङ सडकखण्ड निर्माण गर्ने क्रममा सेर्तुङ र तीप्लीङको अता खोला भन्ने ठाउँमा भिर माथिबाट खसेको पहिरोमा परि डोजर टुक्रा-टुक्रा भएको र दुई जना वेपत्ता भएका हुन् ।
वेपत्ता भएका व्यक्तिहरु डोजर सहचालक रुबीभ्यालीका जोजो तामाङ र डोजर चलाक सिन्धुपाल्चोक जिल्लाका राजु पराजुली रहेको प्रहरीले जनाएको छ ।