धादिङमा बीना खड्काले ‘कोभिड विशेष नर्स समूह’ मार्फत नि:शुल्क सेवा दिने

Avatar photo
Dhadingpost
शुक्रबार, असार ४, २०७८

धादिङ असार ४ । नर्सिङ प्राध्यापक र अध्ययनरत विधार्थीको ‘कोभिड विशेष नर्स समूह’ ले प्रदेशबाट जिल्ला-जिल्लामा परमार्शकर्ता रुपमा काम गर्न थालेको छ ।

टेलिफोन, फेसबुक म्यासेन्जर, भाइबर, वाटसब लगायतका माध्यमबाट कोभिड–१९ का बारेमा निशुल्क परामर्श सेवा दिन धादिङका लागि बीना खड्का छानिएकी छिन् ।

धादिङमा खड्काले सम्पर्कमा आएका व्यक्तिहरुलाई कोभिडबाट कसरी बच्ने के कस्ता सावधानी अपनाउने, यदी संक्रमण भएको अवस्थामा कसरी व्यवस्थापन गर्ने, होम आइसोलेशन बस्दा आफु कसरी सुरक्षित हुने परिवारका अन्य सदस्यलाई कसरी जोगाउने, कस्तो खाना खाने, कस्तो अवस्थामा अस्पताल जाने जस्ता परामार्श सेवा निशुल्क रुपमा दिने छिन् ।

धादिङका स्थानीयले कसरी सेवा लिने, अहिले सम्म कति जनाले सेवा लिए भन्ने जिज्ञासाका साथ हामीले बीना खड्काको 9841749227 नम्बरमा पटक पटक फोन गर्दा सम्पर्क हुन सकेन यहि प्रश्नलाई लिएर हामीले नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको नर्सिङ्ग उप प्राध्यापक एवम् कोभिड विशेष नर्स समुह बाग्मती प्रदेशको परामर्शकर्ता ममता केसीलाई 9842297874 मा फोन गर्दा फोन लागे पनि रिसिभ भएन ।

नि:शुल्क परामर्शको लागि समय नतोकिनु र कोभिड विशेष नर्स समुह मार्फत खटिएका सम्बन्धित व्यक्तिहरु कसैले फोन नउठाउने र कसैको नलाग्ने हुँदा यस अभियान कत्तिको सफल होला ? प्रशस्तै आशंकाहरु उब्जिएका छन् ।