धादिङबेसीको लक्ष्मी बेकरीलाई २० हजार जरिवाना

Avatar photo
Dhadingpost
बिहिबार, असार ३, २०७८

धादिङ असार ३ । धादिङबेसीमा रहेको लक्ष्मी बेकरी उद्योगलाई बजार अनुगमन टोलीले २० हजार जरिवाना गराएको छ ।

विगत १ महिना देखि जिल्ला प्रशासन धादिङ र घरेलु कार्यालय धादिङको संयुक्त टोलीले बजार अनुगमन गरि रहेको छ यहि क्रममा बिहिबार धादिङबेसीमा रहेको लक्ष्मी बेकरीलाई मापदण्ड विपरित संचालनमा आएको जनाउँदै जरिवाना गरिएको प्रशासनले जनाएको छ ।

लक्ष्मी बेकरी अनुगमन

  • टेलिफोन र सामाजिक सञ्जाल मार्फत उपभोक्ताको गुनासो आएपछि आज धादिङबेशीमा रहेको लक्ष्मी बेकरी उद्योगको उत्पादनस्थल अनुगमन भएको छ । बिक्रीस्थल बैशाख महिनामै अनुगमन भइसकेको थियो ।
  • संयुक्त बजार अनुगमन टोलीबाट आवश्यक कागजात, उत्पादनस्थल (उद्योग परिसर), उत्पादित आइटमहरु (आइसक्रिम र बेकरी) को अनुगमन गरिएको थियो ।
  • उद्योग दर्ता रहेको, नवीकरण भएको, कोभिड–१९ को स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना भएको पाइयो । आइसक्रिम उत्पादनमा गुणस्तर कायम भएको पाइयो ।
  • यद्यपि बेकरी आइटम उत्पादन गर्नको लागि प्रयोग हुने मैदा (४ बोरा), कर्न फ्लोर (२ पाकेट), कोकोनट पाउडर (आधा पाकेट), फाइभ स्टार तेल (१०० लि.) लगायत अन्य म्याद गुज्रिएका सामग्रीहरु जफत गरिएको छ ।
  • म्याद गुज्रिएको सामग्री प्रयोग गरिएको आशंकामा उत्पादित बन पाउरोटीलगायत बेकरी आइटमहरु २ बोरा जफत गरिएको छ ।
  • उपभोक्ता स्वास्थ्यप्रति हेलचेक्र्याइँ गरेको र अनुगमन कार्यमा असहयोग समेत गरेकोले रू. २० हजार नगद जरिवाना गरिएको छ ।
  • साथै, उत्पादनस्थल लगायत त्यहाँ भएका मेसिनरीहरूको सरसफाई गर्न ३ दिन समय दिई उक्त अवधिमा कुनैपनि उत्पादन नगर्न निर्देशन गरिएको छ ।
  • आगामी दिनमा यस किसिमका हेलचेक्र्याइँ नगर्न सचेत गराइएको छ ।