
धादिङ असार १ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा १८३ जना कोरोना संक्रमण मुक्त भई आईशोलसनबाट डिस्चार्ज भएका छन् भने आजै ५० जना संक्रमित थपिए । यस्तै आजै २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार आज थपिने संक्रमितमा बेनिघाटमा ३१, रुबीभ्यालीमा ९, ज्वालामुखीमा ३, गंगाजमुनामा १, थाक्रेमा ४ र सिद्धलेकमा २ गरि आज जिल्लामा ५० रहेका छन् ।
आज मृत्यु हुने कोरोना संक्रमितहरुमा ज्वालामुखीमा ७० र ७५ वर्षिय २ जना पुरुषको मृत्यु संगै धादिङमा हुने संख्या ६५ पुगेको छ ।
जिल्ला भित्र ८३२ र जिल्ला बाहिर १५९ गरेर धादिङको सक्रिय केस९९१ पुगेको छ । जिल्ला भित्र हस्पिटल आईशोलेसनमा २२, संस्थागत मा ३२ र होम आईशोलेसनमा ७७८ रहेका छन् ।
त्यसैगरी जिल्ला बाहिर हस्पिटल आईशोलेसनमा ३५ र होम आईशोलेसनमा १२६ रहेका छन् ।
जिल्ला भित्र आज १० स्वाब संकलन भएको छ । ४४ एनटीजेन परिक्षण मध्ये ११ पोजिटिभ आएको छ ।