
धादिङ असार १ । धादिङको बेनीघाट रोराङ गाउँपालिका जोगिमारामा पहिरो जाँदा पृथ्वी राजमार्गमा बन्द भएको छ ।
पहिरो गएको स्थानमा रहनु भएका धादिङबाट निर्वाचित बागमती प्रदेशका सांसद जगत सिंखडाका अनुसार जोगिमारामा रहेको हेटौंडा सिमेन्ट उद्योगको चुनढुङ्गा खानी संचालनको लापर्वाहीका कारण पहिरो जाँदा राजमार्ग बन्द भएको हो ।
सामाजिक सञ्जाल तिर सडक सुचारु भयो भनेको देखिन्छ अहिले साढे ११ बज्यो म यहि छु राजमार्ग बन्द छ । गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटी र हामी सबै बाटो खुलाउने उपाएका विषयमा छलफल मै छौं अहिले यात्रुहरु अलपत्र अवस्थामा रहेको सांसद सिंखडाले धादिङपोष्टलाई बताउनु भयो ।
तस्वीर:दानबहादुर गुरुङ