यो मनसुनबाट धादिङका ६ हजार ३८ घर परिवार प्रभावित हुन सक्ने

Avatar photo
Dhadingpost
असार १, २०७८

धादिङ असार १ । राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष मनसुनबाट धादिङका ६ हजार ३८ घर परिवार प्रभावित हुन सक्ने अनुमान गरेको छ ।

गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष मनसुनबाट धादिङका ६ हजार ३८ सहित देशभर १७ लाख घरपरिवार प्रभावित हुन सक्ने अनुमान गरेको हो ।

प्राधिकरणले गरेको अनुमान अनुसार सबैभन्दा बढी दोलखाका ८ हजार २ सय ९५ घरपरिवार प्रभावित हुनेछन् भने दोस्रोमा सिन्धुपाल्चोकका ६ हजार ६ सय १३ जना, तेस्रोमा बाजुराका ६ हजार १ सय ४१, चौथोमा धादिङका ६ हजार ३८ र पाँचौंमा प्यूठानमा ४ हजार ४ सय ५८ जना प्रभावित हुनेछन् । फाईल तस्वीर