सहिद अर्जुन लम्सालको संक्षिप्त जिवनी

Avatar photo
शुसिला रिजाल
मङ्लबार, असार १, २०७८

आज असार १ गते धादिङले एक बौद्धिक योद्धा राजनीतिककर्मी गुमाएको दिन । तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धका योद्धा अजुन प्रसाद लम्साललाई आजैका दिन असार १ गते ज्यामरुङ जाने क्रममा तात्कालिन शाही सेनाले चरम यातना पूर्वक गोली हानी हत्या गरेको थियो ।

अर्जुन लम्सालको संक्षिप्त जिवनी

धादिङ मुरलीभञ्ज्याङ डाडा थोकमा पिता उदयनाथ लम्साल र माता लक्ष्मी लम्सालको कान्छो छोरा अर्जुन प्र.लम्साल वि.स.२०१९ साल कार्तिक १६ गते जन्मनु भएको हो । अर्जुनको दाजु सुकदेव लम्साल हुनुहुन्छ । जीवन संगिनी जानकी देवी लम्सालबाट छोराहरु सन्तोष, रुपेश र छोरीहरु इन्दीरा, रिता, संगिता हुनुहुन्छ ।

निम्न मध्यम परिवारमा जन्मेका अर्जुन असाध्यै मेहनती हुनुहुन्थ्यो । विएड सम्म अध्ययन गर्नु भएका अर्जुनले सामरीभन्ज्यङ आधारभुत विद्यालयबाट तीन सम्म र निलकण्ठ माविबाट एसएलसी पास गर्नु भएको हो ।

विद्यार्थी कालदेखि नै मशाल एकता केन्द्र हुदै (माओवादी) मा भुमिगत हुनुभयो । उहाँको सम्पुर्ण परिवार तात्कालिन अवस्थामा माओवादी मै आबद्ध थियो । केही वर्ष खरदारको जागिर पनि खानु भयो । पछि मुरलीभन्ज्याम अध्यापन पनि गराउनु भयो । यसरी कृिष, शिक्षक र राजनिती एकसाथ बढाए ।

स्थानीयहरुले जनाए अनुसार उहाँले मुरलीभन्ज्याङमा धेरै सामाजिक कार्यहरु गर्नुभएको थियो । ढोडेनी खेतको कुलो निर्माण, जराजुरी संरक्षण कोषको जिल्ला सदस्य, नेपाल रेडक्रसको आजीवन सदस्य पनि हुनुहुन्थ्यो । उहा वि.स. २०६० साल वैशाखमा माओवादीको पुर्णकालिन बन्नु भइ शिक्षक संगठनको जिल्ला सदस्य बन्नु भयो । वि. स. २०६१ सालमा एरिया पार्टी सदस्य हुनु भयो । उमेरले पाका निकै अनुभवि शिक्षक फौजी क्षेत्रमा पनि निकै आँटीला थिए । उहाँको परिवारले पनि धादिङ पार्टीलाई महत्वपुर्ण सहयोग गरेको छ ।

संगठनको काममा उहाँ ज्यामरुङ्ग जानु भयो । ज्यामरुङ्गको लामास्थानको उकालोको घुम्तीको जंगलमा सेना संग जम्काभेट हुँदा चिनेर गोली हानी घाईते बनाएर गिरफ्तार गरेपछि चरम यातना दिँदै आत्मसमर्पण गर्न भनियो लम्सालले मानेनन् । तत्पश्चात सेनाले फेरि गोली हानेर उहार्को हत्या गरेको थियो ।