धादिङबेसीमा आज ७९ जानाद्वारा रक्तदान

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ ३१, २०७८

धादिङ जेष्ठ ३१ । माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसीएल) धादिङले आज धादिङबेसी स्थित नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व रक्तदात दिवसको अवसरमा वाईसीएल धादिङले आयोजना गरेको उक्त कार्यक्रममा ७ जना महिला र ७२ जना पुरुष गरी ७९ जनाले रक्तदान गरेका थिए ।