धादिङमा असार ८ गते सम्म लकडाउन कायम

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ ३१, २०७८

धादिङ जेष्ठ ३१ । धादिङमा असार ८ गते सम्म लकडाउन थपिएका जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

कोरोना भाईरस संक्रमणको जोखि न्युनिकरणका लागि जारी लकडाउनलाई केहि खुकुलो बनाउँदै ८ गते सम्म लम्ब्याईएको हो ।

निम्न पसलहरु बिहान ६:०० बजेदेखि ११:०० बजेसम्म खोल्न सकिनेछन्ः

  • खाद्यान्न, फलफूल, तरकारी, दूग्धजन्य पदार्थ तथा मासु पसल लगायत अत्यावश्यक सामग्री बिक्री गर्ने पसल,
  • विकास निर्माणजन्य सामग्री ९छड, सिमेन्ट, विद्युतका सामग्रीहरू, स्यानिटरी, हार्डवेयर० बिक्री गर्ने दर्तावाल पसलहरू,
  • विद्यार्थीहरूका पुस्तक बिक्री गर्ने पुस्तक पसलहरू र प्रिन्टिङ प्रेसहरू ।
  • बैंक तथा वित्तीय संस्थाहरु न्यूनतम कर्मचारी खटिई, स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरी/गराई नियमित बैङ्किङ कारोबार गर्न सक्नेछन् ।