गजुरीका अर्जुन श्रेष्ठको हत्या आरोपमा पाँच जना पक्राउ

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ ३१, २०७८

धादिङ जेष्ठ ३१ । धादिङको गजुरी गाउँपालिका स्थित दरियाल खोला किनारमा जेष्ठ २० गते देखि हराई रहेका अर्जुन श्रेष्ठको हत्या गरि बालुवाले पुरेको अवस्थामा जेष्ठ २३ गते शव फेला परेको थियो ।

गजुरी गाउँपालिका वडा नं ७ धमेटोल निवासी २४ वर्षिय अर्जुन श्रेष्ठको हत्यामामा संलग्नमा रहेकाहरुको खोजिमा रहेको प्रहरीले अनुशन्धानका लागि ५ जनालाई पक्राउ गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र खड्का अनुसार पक्राउ पर्ने ५ जनामा गजुरी गाउँपालिका–६ की २४ वर्षीया सीतामायाँ मगर, ३७ वर्षीय बलराम अधिकारी, २३ वर्षीय शरण अधिकारी, ५१ वर्षीय श्यामबहादुर भण्डारी र २२ वर्षीय विष्णु अधिकारी रहेका छन् ।