
धादिङ जेष्ठ ३० । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ९३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने ७२ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार आज थपिएका संक्रमितहरुमा ज्वालामुखीमा २१, सिद्धलेकमा १८, जिल्ला अस्पतालमा १२, गल्छीमा १, त्रिपुरासुन्दरीमा ५, गंगाजमुनामा ११, नेत्रवाति डवजोङमा १ र रुबिभ्यालिमा ३ गरेर आज जिल्ला भित्र ७२ छन् ।
जिल्ला भित्र ९०९ र जिल्ला बाहिर १४१ गरेर धादिंगको पोजिटिभ केस १ हजार ०५० पुगेको छ । जिल्ला भित्र हस्पिटल आईशोलेसनमा २७, संस्थागत आईशोलेसनमा ३३ र होम आईशोलेसनमा ८४९ रहेको छ । जिल्ला बाहिर हस्पिटल आईशोलेसनमा ३० र होम आईशोलेसनमा १११ रहेका छन् ।
जिल्लामा आज १५४ स्वाब संकलन भएको छ । ४८ एनटीजेन परिक्षण मध्ये २१ पोजिटिभ आएको छ ।