धादिङमा आज ७१ जना डिस्चार्ज, ४९ जना संक्रमित थप र १ जनाको मृत्यु

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ २९, २०७८

धादिङ जेष्ठ २९ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ७१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै आजै कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार धादिङमा आज थपिएका संक्रमितहरुमा बेनिघाट रोराङमा ३३, त्रिपुरासुन्दरीमा ९ र गंगाजमुनामा ७ गरि ४९ जना छन् ।

आजै धुनिबेसि नगरपालिकाका ५४ वर्षिय पुरुषको मृत्यु भएको छ यो सँगै धादिङमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।
जिल्ला भित्र ९१७ र जिल्ला बाहिर १५४ गरेर धादिङको सक्रिय केस १ हजार ०७१ पुगेको छ ।

जिल्ला भित्र हस्पिटल आईशोलेसनमा २६, संस्थागत आईशोलेसनमा २५ र होम आईशोलेसनमा ८६६ रहेका छन् । त्यसैगरी जिल्ला बाहिर हस्पिटल आईशोलेसनमा ३४ र होम आईशोलेसनमा १२० रहेका छन् ।
जिल्ला भित्र आज ४१ स्वाब संकलन भएको छ । २६ एनटीजेन परिक्षण मध्ये ९ पोजिटिभ आएको छ ।