
धादिङ जेष्ठ २८ । धादिङमा यो पछिल्लो २४ घण्टाको अवधिमा २६० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने यहि अवधिका ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार आज थप भएको संक्रमितहरुमा निलकण्ठमा ६०, धुनिबेसिमा ५, गल्छीमा ३, गजुरीमा २, सिद्धलेकमा ३, त्रिपुरासुन्दरीमा १, थाक्रेमा ७, रुबिभ्यालिमा ५ र जिल्ला बाहिरको १२ जना गरी ९८ जना छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा रुबिभ्यालिमा ५७ वर्षिय पुरुष र बेनिघाट रोराङमा २६ वर्षिय महिलाको मृत्यु भएको छ यो संगै धादिङमा कोरोना संक्रमणका कारण मृत्यु संख्या ६२ पुगेको छ ।
जिल्ला भित्र ९४० र जिल्ला बाहिर १५४ गरेर जिल्लाको सक्रिय केश १ हजार ०९४ पुगेको छ । जिल्ला भित्र हस्पिटल आईशोलेसनमा २५, संस्थागत आईशोलेसनमा २८ र होम आईशोलेसनमा ८८७ रहेका छन् । त्यसैगरि जिल्ला बाहिर हस्पिटल आईशोलेसनमा ३४ र होम आईशोलेसनमा १२० रहेका छन् ।
बेनिघाटमा १७,त्रिपुरासुन्दरीमा २६, सिद्धलेकमा २५, रुबिभ्यालिमा ४६ गरेर ११४ स्वाब संकलन भएको छ। १०२ एनटीजेन परिक्षण २० जना पोजिटिभ आएको छ।