
बिकाश रौनियार ,धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङ जिल्ला गजुरी गाउँपालिका वडा नम्बर ६ जहरेखेतमा टिपर र कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा कार चालक दोलखा मेलुङ गाउँपालिका वडा नम्बर १० का प्रकाश अधिकारी रहेको छ भने कारमा सवार तनहुँको सुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ का ४० बर्षिय दिल बहादुर श्रेष्ठ घाइते भएको छ । बिहिवार गजुरीबाट काठमाडौ तर्फ जादै गरेको बा ४ च २७९ नम्बरको कार र बिपरित दिशाबाट आउदै गरेको बा ३ ख ७३९३ नम्बरको टिफर एकआपसमा ठक्कर खादा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युबराज खड्काले जानकारी दिनु भयो । घाइते श्रेष्ठको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौ लगिएको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । टिपर चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।