
धादिङ जेष्ठ २६ । प्रेस चौतारी नेपाल धादिङले धादिङका पत्रकारहरुलाई कोभिड १९ रोकथामका लागि स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
अध्यक्ष सरोज पौडेलका अनुसार प्रेस चौतारी नेपाल धादिङले क्रियाशिल पत्रकारहरुलाई प्रतिव्यक्ति २०० एमएल सेनिटाईजर २ वटा र ३ पाकेट मास्क प्रदान गरिएको हो ।
यस अघि जिल्लाका क्रियाशिल पत्रकारहरुलाई प्रेस युनियन र डीजीटल मिडिया नेटवर्क धादिङले पनि स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरेका थिए ।