धादिङका पत्रकार बिकास रौनियार माथि सामाजिक संजालमा चरित्र हत्या गर्नेलाई कार्वाहीको माग

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ २६, २०७८

धादिङ जेष्ठ २६ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङ र प्रेस युनियन धादिङले छुट्टा छुट्टै विज्ञप्ती जारी गर्दै पत्रकार बिकास रौनियारको चरित्र हत्या हुने गरि सामाजिक संजालमा लेख्नेलाई कार्वाही गर्न माग गरेका छन् ।

हिमालयन टेलिभिजनका पत्रकार बिकास रौनियारले धादिङको चेपाङ बस्तिमा भोकमरी, शिर्षकमा समाचार लेखेको विषयमा बेनीघाट रोराङ ८ का राजेन्द्र दुध राज नाम गरेका व्यक्तिले आफ्नो फेसबुकमा पत्रकार रौनियारको चरित्र हत्या गर्ने गरि लेखेको भन्दै महासंघ र युनियन छुट्टा छुट्टै विज्ञप्ती जारी गर्दै दोषी उपर छानविन गरि कार्वाही गर्न माग गरेका हुन् । हाल राजेन्द्र दुध राजले उक्त विवादित स्टाटस आफ्नो फेसबुकबाट हटाएका छन् ।

यस्तो थियाे राजेन्द्र दुध राजको फेसबुक स्टाटस

यस्तो छ महासंघ र युनियनको विज्ञप्तीको पूर्ण पाठ

प्रेस विज्ञप्ति
मितिः २०७८।०२।२६
नेपाल पत्रकार महासंघ धादिङ शाखाका सदस्य एवं हिमालय टेलिभिजनका धादिङ संवाददाता विकास रौनियारलाई समाचारको विषयलाई लिएर वेनिघाट रोराङ गाउँपालिकाका एक स्थानियले सामाजिक सञ्जाल फेसबुकमा चरित्रहत्या हुने गरि प्रयोग भएको शव्दप्रति नेपाल पत्रकार महासंघ धादिङ शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।
मिति २०७८।०२।२४ गते हिमालय टेलिभिजनमा प्रशारित चेपाङ समुदायमा खाद्यान्न अभाव विषयक भिडियो समाचारलाई लिएर पत्रकार रौनियारको चरित्रहत्या हुने गरि सामाजिक सञ्जालमा लेखेका थिए ।
प्रसारित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यस उपर कानुनी प्रक्रियामा जान सकिने प्रावधान हुँदा हुँदै चरित्रहत्या हुने र आत्म सम्मानमा चोट पुग्ने किसिमले लेख्नु प्रेस स्वतन्त्रता विरोधी काम हो । महासंघ धादिङ शाखा पत्रकारलाई पेशाप्रति हतोत्साहित बनाउने यस्ता कृयाकलापको भर्त्सना गर्दछ । अवका दिनमा पनि कसैले पत्रकारको मर्यादित पेशा र समाचार प्रति यस्ता प्रकारका टिप्पणी नगर्न सचेत पनि गराउन चाहन्छ र पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा समाचार संकलन गर्ने र प्रकाशन र प्रशारण गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग पनि गर्दछ ।

राजाराम शर्मा
अध्यक्ष
नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङ

प्रेस विज्ञप्ति
२०७८ जेठ २६ गते
नेपाल प्रेस युनियन धादिङ्का सदस्य हिमालयन टेलिभिजनका पत्रकार बिकास रौनियारले केही दिन अघि लेखेको ू धादिङको चेपाङ बस्तिमा भोकमरी , भोकै बस्न बाध्य शीर्षकको समाचारको बिसयलाइ लिएर सामाजिक संजाल मार्फत राजेन्द्र दुध राज नामको एकाउन्ट बाट गाली ब्यज्यती र अपमानित गरेको बिसयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकारले सम्बन्धि क्षेत्रमा नै पुगि दृश्य सहित लेखेको समाचारलाई तोडमोड गरि सामाजिक संजाल मार्फत गाली बेजती गर्नुले सिङ्गो पेशा प्रतिको अपमान ठहरिएको छ । समाचारको बिसयमा चित्त नबुझे कानुनी बाटो अबलम्बन गर्ने अधिकार हुँदा हुँदै पत्रकारको चरित्र हत्या गर्ने गरि गाली गलौज र अपमान गरि पेशा प्रति हतोत्साहित गर्ने गतिबिधिको प्रेस युनियन धादिङ घोर भत्सर्ना गर्दै उचित छानबिन र कारबाहिको लागि संबंधित निकाय सङ्ग आग्रह समेत गर्दछ । साथै पत्रकार बिकास रौनियारको ब्यक्तिगत सुरक्षाको समेत माग गर्दछु । जयनेपाल
पोषनाथ अधिकारी
अध्यक्ष
नेपाल प्रेस युनियन , धादिङ