धादिङमा आज १३३ जना कोरोना मुक्त, १५ जना संक्रमित

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ २५, २०७८

धादिङ जेष्ठ २५ । धादिङ जिल्लामा आज एकै दिन १३३ जना कोरोना संक्रमण मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टाको अवधीमा जिल्लामा १५ जना संक्रमित थपिएका छन् जसमा गजुरीमा ३, गंगाजमुनामा ८ र धादिङ अस्पतालमा ४ गरि १५ छन् ।

जिल्ला भित्र १ हजार १३४ र जिल्ला बाहिर १५५ गरि धादिङको सक्रिय केस १ हजार २८९ पुगेको छ । जिल्ला भित्र हस्पिटल आईशोलेसनमा १४, संस्थागत आईशोलेसनमा २९ र होम आईशोलेसनमा १ हजार ०९१ रहेका छन् । त्यसैगरी जिल्ला बाहिर हस्पिटल आईशोलेसनमा २९ र होम आईशोलेसनमा १२६ रहेका छन् ।

२१ एनटीजेन परिक्षण मध्ये १२ पोजिटिभ आएको छ ।