धादिङमा आज ९२ जना संक्रमित थप, ३३ जना डिस्चार्ज, ३ को मृत्यु

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ २४, २०७८

धादिङ जेष्ठ २४ । धादिङमा पछिल्लो २४ घण्टाको अवधिमा ९२ जना कोरोना संक्रमित थपिएका छन् भने ३३ जना कोरोनाबाट मुक्त बनेका छन् । यस्तै आजै ३ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

आज संक्रमित हुनेमा निलकण्ठमा ४९, गल्छीमा ६, धुनिबेसिमा ३, बेनिघाटमा २, गंगाजमुनामा २२ र सिद्धलेकमा ७ र जिल्ला बाहिर ३ जना गरि ९३ जना रहेका छन् ।

आजै रुबिभ्यालिमा ५० वर्षिय पुरुष, गल्छीमा ७८ वर्षिय पुरुष र धुनिबेसिमा ७३ वर्षिय पुरुष गरि जिल्लामा थप ३ जनाको मृत्यु भएको छ। यो संगै जिल्लाको मृत्य संख्या ५९ पुगेको छ ।

जिल्ला भित्र १ हजार २६२ र जिल्ला बाहिर १५५ गरि धादिंगको सक्रिय केस १ हजार ४१७ पुगेको छ । जिल्ला भित्र हस्पिटल आईशोलेसनमा ८, संस्थागत आईशोलेसनमा २९ र होम आईशोलेसनमा १ हजार २२५ रहेका छन् । त्यसैगरी जिल्ला बाहिर हस्पिटल आईशोलेसनमा २९ र होम आईशोलेसनमा १२६ रहेका छन् ।

निलकण्ठमा २२१ र धादिङ्ग हस्पिटलमा २ गरि जिल्ला भित्र २२३ स्वाब संकलन भएको छ। १७७ एनटीजेन परिक्षण मध्ये २४ पोजिटिभ आएको छ ।