एमाले निकट शिक्षक संगठनद्वारा खोपको माग, विद्यार्थीलाई वेवास्था

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ २४, २०७८

धादिङ जेष्ठ २४ । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट शिक्षक संगठन (नेपाल राष्ट्रिय शिक्षक संगठन) धादिङले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै कोभिड विरुद्धको खोप माग गर्दै गर्दा विद्यार्थीहरुलाई वेवास्था गरेको छ ।

संगठनका अध्यक्ष ठानप्रसाद बसौला र सचिव रामबहादुर खतिवडाले हस्ताक्षर गरि सीडीओलाई बुझाईएको ज्ञापन पत्रमा शिक्षकलाई कोभिड विरुद्धको खोप माग गरिएको छ भने विद्यार्थीको विषयमा केहि उल्लेख गरिएको छैन ।

विद्यार्थीहरुलाई वेवास्था गर्दै ज्ञापन पत्रमा भनिएको छ, आगामी शैक्षिक सत्र देखि विद्यालय संचालनमा सहजकता हुन शिक्षकलाई खोप चाहियो ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बसौलाई हामीले शिक्षकलाई मात्रै किन खोप माग्नु भयो विद्यार्थीलाई पनि ज्ञापन पत्रमा समेट्नु भएको भए हुन्थ्यो नि भनेर जिज्ञासा गर्दा उहाँ भन्नु हुन्छ, -खोप शिक्षक-विद्यार्थी-अभिभावक सबैलाई चाहिन्छ । विद्यार्थी संघ-संगठनहरु क्रियाशिल छन् विद्यार्थीहरुका लागि उहाँहरुले बोल्नु हुन्छ हामीले पेशागत धर्ममा रहेर ज्ञापन पत्र बुझाएका हौं यसलाई अन्याथ नबुझिदिनु हुन आग्रह गरिन्छ ।

ज्ञापन पत्र जस्ताको तस्तैः