
धादिङबेसी जेष्ठ २४ । धादिङबेसी सदरमुकाममा रहेको जिल्ला अस्पतलामा अक्सिजन प्लान्टका उपकरणहरु केहि आईपुगेको र केहि आउँदै गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बताउनु भएको छ ।
हामीले जिल्ला अस्पतलामा गर्नुपर्ने तामाका पाईपहरु सेटअपको काम ७ वटा आईसीयू कक्ष, ५ वटा भेन्टिलेटर कक्ष र सबै वार्डमा गरिसेका छौ अब मुख्य प्लान्ट सेटअप गर्न मात्रै बाँकी रहेकोले एक साता भित्रमा सेवा दिन सक्ने अध्यक्ष धमलाले धादिङपोष्टलाई बताउनु भयो ।
कोरोना भाईरस संक्रमण दास्रो चरणसम्म आउँदा बुझ्ने र छिटो प्रतिक्रिया दिन सक्ने उमेर समुहलाई प्रभावित बनायो अब देखा पर्ने तस्रो भेरियन्टले बालबालिकाहरु प्रभावित हुन सक्ने हुँदा त्यसको रोकथाम र उपचारका लागि तयारी अवस्थामा रहन आफुहरु लागि रहेको समेत धमलाले बताउनु भयो ।
धादिङ अस्पतालको अक्सिन प्लान्टको लागि आर्थिक सहयोग बागमती प्रदेश सरकारले गरेको हो ।