धादिङमा आज २१७ जना डिस्चार्ज, १०३ संक्रमित थप, १ जनाको मृत्यु

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ २३, २०७८

धादिङ जेष्ठ २३ । धादिङमा पछिल्लो २४ घण्टाको अवधिमा २१७ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । यहि अवधिका धादिङमा १०३ जना संक्रमित थपिएका छन् भने १ जनाको कोरोना संक्रमण पछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

आज थपिएका संक्रमितहरुमा धुनिबेसिमा १, गजुरीमा १, बेनिघाटमा २, ज्वालामुखीमा ४५, गंगाजमुनामा २२, सिद्धलेकमा १५ र धादिङ्ग अस्पतालमा १० गरि र जिल्ला बाहिर ७ जना गरी १०३ जना छन् ।

आजै सिद्धलेकमा ४५ बर्षीय महिलाको मृत्यु संगै जिल्लाको मृत्यु संख्या ५६ पुगेको छ ।

जिल्ला भित्र १ हजार २०९ र जिल्ला बाहिर १५२ गरेर धादिंगको सक्रिय केश १३६१ पुगेको छ । जिल्ला भित्र हस्पिटल आईशोलेसनमा ९, संस्थागत आईशोलेसनमा २६ र होम आइसोलेसनमा १ हजार १७४ रहेका छन् । त्यसैगरि जिल्ला बाहिर हस्पिटल आईशोलेसनमा २९ र होम आईशोलेसनमा १२३ रहेका छन् ।

निलकण्ठमा ८८ र गजुरीमा ३ गरि आज जिल्लामा ९१ स्वाब संकलन भएको छ । २७ एनटीजेन मध्ये ११ पोजिटिभ आएको छ ।