धादिङबेसी स्थित लामिछाने किराना स्टोरलाई ५० हजार जरिवाना

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ २३, २०७८

धादिङ जेष्ठ २३ । बजार अनुगमन टोलीले धादिङबेसी पुछार बजार स्थित लामिछाने किराना स्टोरलाई ५० हजार जरिवाना गराएको छ ।

विगत २७ दिन देखि बजार अनुगमनलाई प्रथामिता दिएको जिल्ला प्रशासन कार्यालय धादिङ र घरेलु कार्यालय धादिङको अनुगमन टोलीले आईतबार धादिङबेसी स्थित लामिछाने किराना स्टोरलाई ५० हजार जरिवाना गरेको हो ।

यस कारण ५० हजार जरिवाना गरिएको अनुगमन टोलीद्वारा जाकारी

  • २३ प्रकारका म्याद गुज्रिएका सामग्री फेला,
  • मूल्यसूची नराखिएको,
  • दर्ता भएको वर्षौ भइसक्दा साइनबोर्ड समेत नराखेको,
  • बिक्री बिल देखाउन नसकेको,
  • यस अघिको निर्देशनको बेवास्ता,
  • उपभोक्त स्वास्थ्यप्रति पूर्ण लापरबाही,

गुज्रिएका सामग्री

  • ट्याङ्ग २८८ पाकेट,
  • बदाम ड्राई १५० पिस,
  • मःमः मसला ११० पाकेट,
  • कर्नफ्लेक्स ८ पाकेट,
  • फेन्टा १।५ लि। १ बोतल,
  • पप ६४ पिस,
  • २० बिस्कुट ५७ पिस,
  • बबलगम चुईगम १८ पाकेट,
  • पोट्याटो चिप्स २५ पिस,
  • काजुबदाम बिस्कुट २४ पाकेट,
  • माडा २४ पत्ता,
  • पिनट २० पाकेट,
  • मटर फ्राई १९ पिस,
  • गोल्डेन कुकीज १४ पिस,
  • जेली १० पिस,
  • ग्लुकोज बिस्कुट ९ पिस,
  • नरिवल लड्डु ७ बट्टा
  • २०(२० बिस्कुट १ कार्टुन,
  • स्टिट बिस्कुट १ कार्टुन,
  • काजु ४ पाकेट,
  • किसमिस ३ पाकेट,
  • मेला क्यान जुस ३ पिस,
  • कोक र ड्यु ५०० मि।लि। १(१ बोतल ।