अनुगमन टोलीद्वारा धादिङबेसीमा रहेको लिला किराना स्टोरलाई २० हजार जरिवाना

Avatar photo
Dhadingpost
जेष्ठ २२, २०७८

धादिङबेसी जेष्ठ २२ । धादिङबेसी स्थित त्रिबेणी चोकमा रहेको लिला किराना स्टोरलाई बजार अनुगमन टोलीले २० हजार जरिवाना गराएको छ ।

लिला किराना स्टोरमा २८ कार्टुन म्याद गुज्रिएका बियर, १ कार्टुन तेल, २ कार्टुन कुकीज लगायतका सामग्री फेला परेको, खरिद बिल देखाउन नसकेको कारण २० हजार जरिवाना गरिएको जिल्ला प्रशासन धादिङले जनाएको छ ।

यस्तै अनुगमन टोलीले शनिबार नै देवांगी खाद्य तथा किराना स्टोर, नीलकण्ठ नगरपालिका, सिम्ले ज्यामरुङलाई आवश्यक कागजात पेश गर्न नसकेको, म्याद गुज्रिएका सामाग्रीहरू बिक्री गरेको, अनुगमन टोलीलाई आवश्यक सहयोग नगरेको कारण १० हजार जरिवाना गराएको छ ।

धादिङका विभिन्न स्थानहरुमा जिल्ला प्रशासन कार्यालय धादिङ र घरेलु कार्यालय धादिङले नियमित रुपमा बजार अनुगमन गरि रहेको छ ।