शनिबार (भोली) धादिङमा विद्युत सेवा अवरुद्ध हुने

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ २१, २०७८

धादिङ जेष्ठ २१ । नेपाल विद्युत प्राधिकरण धादिङ शाखाले शनिबार (भोलि) विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

देविघाट सवस्टेशनको धादिङ ३३ के।भी। फिडर अन्तर्गत पर्ने बुद्धसिङघाट र केउरेनमिा सडक विस्तारको क्रममा पर्ने प्रशारण लाईनका पोल सार्नुपर्ने भएकाले शनिबार बिहान ७ बजे देखि अपरान्ह ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको हो ।

प्राधिकरण धादिङ शाखाले जनाए अनुसार शनिबार थाक्रे, गल्छी ,गजुरी, बेनिघाट रोराङ, सिद्धलेक, ज्वालामुखी, नीलकण्ठ, नेत्रावती, त्रिपुरासुन्दरी,गंगाजमुना र आरुघाट लगाएतका सम्पूर्ण क्षेत्रहरु मा विद्युत सेवा अवरुद्ध छ ।