धादिङका जिल्ला न्यायाधीश पौडेलको कोरोना संक्रमण पछि निधन

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ २१, २०७८

धादिङ जेष्ठ २१ । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमण पछि निधन भएको छ ।
ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान धादिङका जिल्ला न्यायाधीश पौडेलको निधन भएको हो ।
५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।