
धादिङ जेष्ठ २१ । स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आईरहेको टुकी नेपाल समाजले धादिङको नीलकण्ठ नगरपालिकामा स्वास्थ्य कर्मी र स्वास्थ्य सामाग्री लिएर जनचेतना अभियान सहित विरामी भेटघट कार्यक्रम सुरु गरेको छ ।
यस अभियानमा आवश्यक औषधी, मास्क, सेनिटाइजर, अक्सिमिटर, थर्मोगन, बि पि सेटका साथै अक्सिजन सहितको आफ्नै गाडीमा स्वास्थ्यकर्मी र स्थानीय स्वयंसेवक परिचालन गरी कोरोना प्रभावितहरुको घर घरमै पुगी स्वास्थ्य परीक्षण र सचेतनाका काम गर्दै आएको टुक िनेपालका अध्यक्ष कमल सापकोटाले बताउनु भयो ।
यो अभियान नीलकण्ठको सबै वडाहरुमा संचालन गरिने समेत अध्यक्ष सापकोटाले बताउनु भयो । टुकी नेपालले आपतकालिन अवस्थामा टुकी नेपालले विरामीलाई अस्पताल सम्म पुर्याउनको लागि निशुल्क गाडीको व्यवस्था समेत गर्ने बताईएको छ ।