
धादिङ जेष्ठ २० । धादिङबेसी स्थित सदरमुकाममा रहेको अस्थायी कोभिड अस्पतालमा नीलकण्ठ नगरपालिकाले ३३ लाखको लागतमा मिनी अक्सिजन प्लान्ट जडान गरेको छ ।
धादिङ जिल्लाको इतिहासमा पहिलो पटक जडान गरिएको उक्त दुईवटा मिनी अक्सिजन प्लान्टले प्रति मिनेट ४० लिटर अक्सिजन उत्पादन गर्ने नीलकण्ठ नगरपालिकाका जनस्वास्थ्य निरिक्षक शिव रानाले जानकारी दिनु भयो ।

प्लान्ट जडान गर्न आएका प्राविधिकहरुले भने, यो मिनी प्लान्ट हरेक स्वास्थ्य चौकीमा निमार्ण गर्न सकिए कोरोना संकटमा मात्रै नभएर अन्य समयमा पनि विरामी अक्सिजनको कमीले मृत्युवरण गर्न पर्दैन ।
प्लान्ट उद्घाटन कार्याक्रममा नगर भिमप्रसाद ढुङ्गना, प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल लगायतको सहभागिता रहेको थियो ।
