विश्वकप छनोटः नेपाल र ताईपे आज बेलुका ९:४५ बजे खेल्दै

Avatar photo
दिपेश कडेल
बिहिबार, जेष्ठ २०, २०७८

एजन्सी जेष्ठ २० । विश्वकप छनोट चरणको खेल अन्तरगत आज नेपाल र ताईपे बी राति ९स्४५ बजे कुवेतको राजधानी कुवेत सिटीमा खेल हुँदैछ ।

सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपाल र चाईनिज ताईपे बी आज खेल हुन लागेको हो ।
नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर रहेको छ ।

समूह B मा नेपाल ५ खेलबाट १ जित सहित ४ हार ब्यहोर्दै चौथो स्थानमा रहँदा ताईपे ५ खेलबाट अंक विहीन हुदै तालिकाको पुछारमा छ ।

४ खेलबाट शत प्रतिशत १२ अंक जोडेको अष्ट्रेलिया पहिलो स्थानमा छ । ५ खेलबाट समान १० अंक बनाएका कुवेत र जोर्डन गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

ताइपेपछि नेपालले जेठ २५ मा जोर्डन र २८ मा एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ ।

पाल र ताईपेबीचको हेड टु हेड :

पहिलो भेट :

२०७६ साल जेठ २४ गते, नेपाल १–१ ताईपे (अभिषेक रिजाल)

दोस्रो भेट :

२०७६ साल भदौ २४ गते, नेपाल २–० ताइपे (अन्जन बिष्ट)

समूहमा नेपालको प्रदर्शन :

१, कुवेत ७–० नेपाल
२, ताईपे ०–२ नेपाल
३, अष्ट्रेलिया ५–० नेपाल
४, जोर्डन ३–० नेपाल
५, नेपाल ०–१ कुवेत

समूह चरणमा ताईपेको प्रदर्शन :

ताईपे १–२ जोर्डन
ताईपे ०–२ नेपाल
ताईपे १–७ अष्ट्रेलिया
कुवेत ९–० ताईपे
जोर्डन ५–० ताईपे