धादिङमा बजार अनुगमन जारी, बुधबार ४ पसल कार्वाहीमा परे

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ २०, २०७८

धादिङ जेष्ठ २० । धादिङमा जिल्ला प्रशासन कार्यालय धादिङ र घरेलु कार्यालय धादिङले विगत केहि साता पहिले देखि सुरुगरेको नियमित बजार अनुगमनका क्रममा बुधबार ४ वटा पसलहरु कार्वाहीमा परेका छन् ।

आदमघाट, आदमटार, बैरेनी, सिम्ले, धार्के, खानीखोला, जीवनपुर लगायतका बजार क्षेत्रमा अनुगमन हुँदा ठूलो संख्यामा म्याद गुज्रिएका सामग्री जफत हुनुका साथै मापदण्ड विपरित संचालन हुँदै आएका ४ वटा पसललाई जरिवाना तिराई कार्वाही गरिएको जिल्ला प्रशासन धादिङले जनाएको छ ।

यी हुन जरीवानामा परेका ४ वटा पसल

१. पूजा किराना स्टोर्स, गजुरी–६, आदमघाटलाई रू. २० हजार
२. राम इन्टरप्राइजेज, गजुरी–६, आदमघाटलाई रू. २० हजार
३. सविना स्टोर, थाक्रे–२ सिम्ले, रू. १० हजार
४. रमेश इन्टरप्राइजेज, गल्छी–७, बैरेनीलाई रू. १० हजार