धादिङमा आज १६८ जना संक्रमित थप, १२१ डिस्चार्ज, १ जनाको मृत्यु

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ १९, २०७८

धादिङ जेष्ठ १९ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिका १६८ जना कोरोना संक्रमित थपिएका छन् भने १२१ जना कोरोना संक्रमण मुक्त हुँदै डिस्चार्ज भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार आज थपिएका संक्रमितहरुमा नीलकण्ठमा १ जना, धुनीबेसीमा २० जना, गल्छीमा १ जना, गजुरीमा ८ जना, बेनीघाट रोराङमा १ जना, गंगाजमुनामा १७ जना, खनीयबासमा २ जना, सिद्धलेकमा १ जना, रुबीभ्यालीमा २० जना र जिल्ला बाहिर ३६ जना छन् । आज डिस्चार्ज हुनेको संख्या १२१ रहेको छ ।

सिद्धलेकमा आज ७९ वर्षिय पुरुषको मृत्यु भएको छ र यो संगै जिल्लाको मृत्यु संख्या ५१ पुगेको छ ।

जिल्ला भित्रको सक्रिय केश १ हजार ४८३ र जिल्ला बाहिरको १३० गरेर जिल्लाको सक्रिय केस १ हजार ६१३ पुगेको छ । जिल्ला भित्र हस्पिटल आईशोलेसनमा २१, संस्थागत आईशोलेसनमा २६ र होम आईशोलेसनमा १ हजार ४३६ रहेका छन् । त्यसै गरि जिल्ला बाहिर हस्पिटल आईशोलेसनमा २८ र होम आईशोलेसनमा १०२ रहेका छन ।

जिल्लामा आज २२७ स्वाब संकलन भएको छ । ११७ एनटीजेन परिक्षणमा ६१ जना पोजिटिभ आएका छन्।