
धादिङ जेष्ठ १९ । चोरीको स्कुटर प्रयोग गरी मोबाइल लुटपाट गरेको आरोपमा धादिङ गजुरीका करुण उप्रेती सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बा ८३ प ३४३६ नम्बरको चोरीको स्कुटर प्रयोग गरेर मोबाइल लुटपाट गरी फरार रहेका चारजनालाई बुढानीलकण्ठ नगरपालिका–९ नीलो पुलबाटसोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका घर भई काठमाडौंको बुढानीलकण्ठ–१० बस्ने २१ वर्षीय करुण उप्रेती, ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१० घर भई काठमाडौंको बौद्ध बस्ने २४ वर्षीय शोभित श्रेष्ठ, बुढानीलकण्ठ–१२ बस्ने १९ वर्षीय एलिन अधिकारी र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुंगा बस्ने ३५ वर्षीय राम परियार रहेको प्रहरीले जनाएको छ ।