
धादिङ जेष्ठ १७ । धादिङबाट जापानमा गई विभिन्न पेस व्यवसाय गर्ने धादिङवासीहरुको संस्था धादिङ समाज जापानले कोरोना संक्रमण रोकथाप तथा उपचारका लागि जिल्ला ६ वटा पालिकाहरुलाई स्वास्थ्य उपकरण सहयोग गरेको छ ।
धुनीबेसी नगरपालिका, थाँक्रे गाउँपालिका, गंगाजमुना गाउँपालिका, सिद्धलेक गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र नेत्रावती डवजोङ गाउँपालिकाका प्रतिनीधिहरुलाई धादिङबेसीमा बोलाएर समाजले उक्त स्वास्थ्य उपकरणहरु प्रदान गरेको हो ।
समाजले गाउँपालिकालाई प्रदान गरेको सामाग्री
- अक्सिजन कन्सन्ट्रेटर २ वटा
- नेबुलाईजर १० वटा
- डिजिटल थर्ममिटर १० वटा
- अक्सिमिटर ५ वटा
- एन ९५ मास्क १०० पिस
- ह्याण्ड ग्लोप्स २०० पिस
- ३ प्लाई मास्क ४०० पिस
फोटो सौजन्यः प्रकाश श्रेष्ठ