थोपल खोलामा माछा मार्दा, करेन्ट लागेर १ जनाको मृत्यु

Avatar photo
Dhadingpost
जेष्ठ १७, २०७८

धादिङ जेष्ठ १७ । धादिङको निलकण्ठ नगरपालिका ८ स्थित थोपल खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सोमबार बिहान पौने २ बजेतिर थोपल खोलामा करेन्ट लगाई माछा माछा मार्ने क्रममा करेन्ट लागी घाईते भएका नीलकण्ठ बिर्ताबेशी बस्ने २९ वर्षिय समिर मगरको उपचारको क्रममा जिल्ला अस्पताल धादिङबेसीमा मृत्यु भएको हो ।