
धादिङ जेष्ठ १७ । राष्ट्रिय गौरवको आयोजना, बुढीगण्डकी जलाशय युक्त जलविद्युत परियोजनालाई यो सरकारले बजेट विनियोजन गरेन भन्ने हल्ला निराधार भएको धादिङका एमाले नेता खेम प्रसाद लोहनीले बताउनु भएको छ ।
धादिङपोष्ट सँग कुरा गर्दै नेकपा एमाले धादिङ-नुवाकोटका इन्चार्ज समेत रहनु भएका नेता लोहनीले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना बन्छ । सरकारले यो आयोजना प्राथमिकतामा राखेन भन्ने विरोधीहरुको हल्लाको पछि नलाग्न आव्हान गर्दै उहाले आर्थिक वर्ष ०७८/७९ को बजेटमा बुढीगण्डकीलाई करिव ८ अर्व (७९९ करोड) बजेट विनियोजन गरिएको बताउनु भयो ।
हामी धादिङका जनप्रतिनीधिहरुले बारम्बार सरकारलाई घचघच्याई रहेका छौ सरकारले पनि यो राष्ट्रिय गौरवको आयोजना निर्माणलाई महत्व मै राखेको दावी गर्दै लोहनीले भन्नु भयो, गत वर्ष पनि ८ अर्व १३ करोड थियो, त्यस अघि १३ अर्व थियो मुअब्जा दिने काम यो वर्ष सक्ने लक्ष्य रहेको छ ।
