धादिङमा वाईसीएलद्वारा स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सामाग्री प्रदान

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ १७, २०७८

धादिङ जेष्ठ १७ । योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेत्रावती डब्जोङले आफ्नो पालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरेको छ ।

वाईसीएलले नेत्रावती डवजोङ १,२,३,४,५ स्थित स्वास्थ्य चौकी (कटुन्जे-सेमजोङ-मार्पक), स्वास्थ्य इकाई (भोक्टेनी-केवरा-किम्ताङफेदी), प्रहरी चौकी टोड्के, सेमजोङ र मार्पाक कोरोना रोकथापका लागि स्वास्थ्य सामाग्री प्रदान गरेको वाईसीएलका दिपक तामाङले बताए ।

वाईसीएलले प्रदान गरेको सामाग्रीमा स्यानिटाइजर, मास्क, अक्सिमिटरलगायतका रहेको समेत तामाङले जानकारी दिए ।