धादिङमा आज ८६ जना संक्रमित, ८७ जना डिस्चार्ज

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ १६, २०७८

धादिङ जेष्ठ १६ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ८६ जना कोरोना संक्रमित थपिएका छन्, भने यहि अवधिमा ८७ जना कोरोना भाईरसको संक्रमाणबाट मुक्त बनेका छन् ।

जिल्ला स्वास्थ्य कायाएलय धादिङका अनुसार आज थपिएका कोरोना संक्रमितहरुमा निलकण्ठमा ५२, गल्छीमा १०, त्रिपुरासुन्दरीमा १४, गंगाजमुनामा ७, नेत्रवातिमा ३ गरि छन् । आजै डिस्चार्ज हुनेको संख्या ८७ रहेको छ ।

जिल्ला भित्रको १ हजार ३०७ र जिल्ला बाहिरको १३० गरेर धादिङ्ग जिल्लाको १ हजार ४३७ सक्रिय केस पुगेको छ । जिल्ला भित्र हस्पिटल आइसोलेसनमा २२, संस्थागत आइसोलेसनमा २३ र होम आइसोलेसनमा १ हजार २६२ रहेको छ । त्यसैगरि जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा २५ र होम आइसोलेसनमा १०५ रहेको छ।

निलकण्ठमा १८७ र गजुरीमा १० गरेर १९७ स्वाब संकलन भएको छ । १२१ एनटीजेन मध्य ३१ पोजिटिभ आएको छ।