धादिङमा आज १८४ जना संक्रमित १२८ जना डिस्चार्ज

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ १५, २०७८

धादिङ जेष्ठ १५ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा १८४ जना कोरोना संक्रमितहरु थपिएका छन् , भने यहि अवधिमा १२८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङ दिएको जानकारी अनुसार आज निलकण्ठमा ७८, धुनिबेसिमा ५, गजुरीमा ४, बेनिघाटमा २७, त्रिपुरासुन्दरीमा १६, गंगाजमुनामा ९, नेत्रवातिमा ३६, सिद्धलेकमा ६, रुबिभ्यालिमा ३ गरि जिल्ला भित्र १८४ जनामा आज कोरोनासंक्रमण पुष्टि भएको हो भने आजै डिस्चार्ज हुनेको संख्या १२८ रहेको छ ।

जिल्ला भित्र १ हजार २७७ र जिल्ला बाहिर १६१ गरेर धादिङको सक्रिय केस १ हजार ४३८ पुगेको छ । जिल्ला भित्र हस्पिटल आइसोलेसनमा ३२, संस्थागत आइसोलेसनमा २४ र होम आइसोलेसनमा १ हजार २२१ रहेका छन् । त्यसै गरि जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा २५ र होम आइसोलेसनमा १३६ रहेका छन् ।

निलकण्ठमा २९१ र ज्वालामुखीमा १७१ गरेर आज ४६२ स्वाब संकलन भएको छ । आजै धादिङमा ८९ एनटीजेन परिक्षण गरिएको मध्य २५ जनामा पोजिटिभ देखिएको छ ।