चरौंदीको हाम्रो सुपथ मूल्य पसललाई १० हजार जरिवाना

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ १५, २०७८

धादिङ जेष्ठ १५ । बजार अनुगमन टोलीले धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित चरौंदीमा रहेको हाम्रो सुपथ मूल्य पसललाई १० हजार जरिवाना गरेको छ ।

धादिङका विभिन्न ठाउँहरुमा रहेको पसलहरु अनुगमल गरि रहेको जिल्ला प्रशासन धादिङ र घरेलु साना उद्योग कार्यालय धादिङको टोलीले मापदण्ड विपरिच संचालनमा आएको पाईएकोले हाम्रो सुपथ मूल्य पसललाई १० हजार जरिवाना गरिएको बताएको छ ।

अनुगमन टोलीले शनिबा। गजुरी गाउँपालिकाको फुर्केखोला देखि बेनीघाट रोराङ गाउँपालिकाको मौवाखोला सम्मका विभिन्न बजारहरुमा अनुगमन गरेको थियो ।

शुक्रबार मात्रै बजार अनुगमन टोलीले गजुरी स्थित मलेखुमा रहेको रोनक सप्लायर्सलाई ५० हजार जरिवाना तिराएको थियो ।