धादिङमा रहेको ‘जनयुद्ध घर’ संरक्षणको पर्खाईमा

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ १३, २०७८

धादिङ जेष्ठ १३ । बेनीघाट रोराङ गाउँपालिका साविकको धुषा गाविस थाराआँप भन्ने ठाउँमा रहेको एक ऐतिहासकि घरको बारेका केहि उल्लेख गर्ने कोसिस गरेका छौं । तात्कालि जनयुद्धको योजना, नीति निमार्ण मात्रै यो घरबाट हुँदैन थियो यहि घरका ३ जनाले जनयुद्धमा ज्यान गुमाएका छन् ।

यस घरमा धादिङ जिल्लाका नेताहरुको जमघट त सामान्य नै हो । यहाँ प्रचण्ड, बाबुराम देखि वैद्य विप्प्लव, पासाङ देखि केन्द्रीय नेता कयौ पटक बसेका छन् ।

यो घरको केहि चर्चा

०५२ सालबाट जनयुद्ध सुरु भएपनी ०४८ साल देखि नै एकता केन्द्र मसाल (जनपक्षिय) को रुपमा सङ्गठित थियो यो गोर्खा को घ्यालचोक, बेनिघाटको चरौंदी र धुषाको चामटार अलि आधार क्षेत्र थियो ।

पछि ०५२ सालबाट जनयुद्ध शुरु भएपछी ०५३ सालको सेरोफेरोबाट हुनुपर्छ रामहरी थपलिया श्याम माओवादीमा पुर्णकालिन भएर हिडे पछि झन् छापामार टिम आउने जाने रुट त्यही पर्थ्यो । जहाँबाट आउँदा पनि मुख्य सम्पर्क त्यही घर हुन्थ्यो ।

लामो काठले बारेको टिनले छाएको धन्सार थियो । हामीलाई तलतिर सेन्ट्रि राखेर ठुला ठुला नेताहरुले थुप्रै मिटिङ्ग गर्दथे । ०५५ ।१२।२४ होला जहाँ अर्घाखाँचीको सिमलपानी चौकी रेड गर्दा श्यामको शहादत भयो, झन त्यो घर चर्चामा रह्यो ।

सहिद कमरेड श्यामको घरले उपमा पायो त्यसपछि श्यामको सपना महान थियो, ती सपना अधुरो छ पूरा गर्न हामी लाग्नुपर्छ भनेर, बुबा ईन्द्र बहादुर थपलिया र आमा बेलिमाया चेपाङ दुई जना भुमिगत हुनु भयो ।

पछि बिबेक थपलिया, भाइ सुजन पनि पुर्णकालिन भए एउटा भाइ कान्छो जो हरि थपलिया उहाँलाई चितवन लगेर पढाउने भनेर पार्टीले नै मिलाएर राखेको थियो । पछि बुबा किसान मुक्तिमोर्चा जिल्ला नेता हुनुहुन्थ्यो बैरेनी गाविसको बिमिरे भन्ने ठाउँमा मिटिङमा जाँदा बसिरहेको घर घेरा हाली तात्कालिे मारे भने भाइ सुजन म्याग्दी को बेनी सदरमुकाम आक्रमणको बेला शहादत हुनुभयो ।

पछि आमा एउटा चेपाङ संगै दोस्रो बिबाह गरेर गए सँगै छोटो समयमै बित्नु भयो । बाँकी दुई भाइ बिबेक र हरीको परिवार तल सडक छेउछाउनै बस्न थाल्नुभयो । त्यो गाउँ न पार्टीले न हामीले संरक्षण गर्न सकेका छौं ।

धादिङ जिल्ला कै एउटै घरको तीनजना जनयुद्धमा लागेर सहिद बने त्यो घर स्थान पार्टीले पुँजिको रुपमा पुरातात्त्विक सम्पदाको रुपमा स्थापित गरेर लानु पर्ने हो सकेको छैन । अझ त्यही घर जहाँ सम्पर्कमा जादा हरि तिमल्सिना तत्कालिन शाहीसेनाले गिरफ्तार गरेको थियो । जोगिमारा हुग्दीखोला माथी सहिद मजदुर पार्क निमार्ण सुरुभएको छ तर एउटा इतिहास बोकेको जनयद्धको घर सुनशान छ ।

यो घरलाई संरक्षण गर्न जिल्ला पार्टीले तत्काल तदारुकता देखाई धादिङ जिल्लाको जनयुद्ध विशेष संग्राहलय बनाउन ढिला भैसकेको छ ।

यो सामाग्री योङ कम्युनिष्ट लिग (वाईसीएल) धादिङका इन्चार्ज चन्द्रबहादुर सिलवाल (मिलन) को कुराकानीको आधारमा बनाईएको हो ।

तस्वीर सौजन्यः विवेक थपलिया