
धादिङ जेष्ठ १३ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ११६ जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
आज थपिएका संक्रमितहरुमा निलकण्ठमा ५, धुनिबेसिमा ४, गजुरीमा ५, त्रिपुरासुन्दरीमा २६, गंगाजमुनामा ६, थाक्रेमा १८ र रुबिभ्यालिमा २९ र जिल्ला बाहिर २३ गरि ११६ जना छन् ।
आजै डिस्चार्ज हुनेको संख्या ६२ रहेको छ ।
यस्तै आजै कोरोना संक्रमणका कारण धुनिबेसिमा ९२ वर्षिय पुरुष र ४० वर्षिय महिला र गंगाजमुनामा ६८ र ४८ वर्षिय पुरुष गरि ४ जनाको मृत्यु भएको छ, यो सँगै धादिङमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।
जिल्ला भित्र १ हजार १८३ र जिल्ला बाहिर १४९ गरि धादिङ्गको सक्रिय केश १ हजार ३३२ पुगेको छ । जिल्ला भित्र हस्पिटल आइसोलेसन्मा २९, संस्थागत आइसोलेसनमा २० र होम आइसोलेसनमा १ हजार १३४ जना रहेका छन् । त्यसैगरी जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा २० र होम आइसोलेसनमा १२९ रहेका छन् ।
आजै निलकण्ठमा ३२६, गल्छीमा २४, बेनिघाट रोराङ्गमा ६१, गंगाजमुनामा ३२, थाक्रेमा १९ गरि आज जिल्लामा ४६२ स्वाब संकलन भएको छ ।