
धादिङ जेष्ठ १३ । जिल्ला प्रशासन कार्यालय धादिङले भारी वर्षाको सम्भावना रहेको हुँदा सर्तक रहन जिल्लावासीमा अनुरोध गरेको छ ।
जिल्ला प्रशासन धादिङले आफ्नो आधिकारीक फेसबुकबाट जानकारी गराउँदै यही जेष्ठ १३, १४ र १५ गते देशका अन्य भेगसँगै बागमती प्रदेशमा पनि भारी वर्षा हुने, चट्याङ पर्ने र उच्च वेगको हावाहुरी चल्ने सम्भावना देखिएकोले सतर्क रहन अनुरोध गरेको हो ।
प्रशासनले सम्भावित बाढी, पहिरो, डुबान, कटान र हिमपातबाट सतर्क अपनाउन, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला तथा बालबालिकाले विशेष सतर्कता अपनाउन, कुनै जोखिम भएमा वा घटना घटेमा तत्काल उद्दारको लागि जिल्ला प्रहरी कार्यालयको नं। १०० मा वा 010-521464 वा सहायक प्रमुख जिल्ला अधिकारीको मोबाईल नं. 9851196131 मा सम्पर्क समेत अनुरोध गरेको छ ।