धादिङ जेष्ठ १३ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका मार्पाकबाट काठमाडौ गई विभिन्न पेशा व्यवसाय गर्दै आएका स्थानीयहरुले आर्थिक संकलन गरि कोभिड १९ रोकथाम तथा उपचारका लागि अक्सिसन सिलिण्डर सहित स्वास्थ्य सुरुक्षाका सामाग्री वितरण गरेका छन् ।
बुधबार उनीहरुले नेत्रावती डवजोङ गाउँपालिका अन्तरगत रहेको साबिक मार्पाक गाविस वडा नं। १ र २ का करिब २०० घरधुरीलाई Mask, Sanitizer तथा हातधुने साबुन, लगायत औषधी तथा अन्य स्वास्थ्य सामाग्रिहरु वितरण गरेका हुन् ।
यस अभियान अन्तरगत मार्पाक स्वास्थ्य चौकी, नेत्रावती डवजोङ, धादिङलाई २ वटा Oxygen Cylinder, २ वटा Oxygen Regulator or Followmeter , २ वटा Nibulize, २ वटा Pulse Oxymeter , १ वटा Infared Thermol Gun लगायत Mask तथा Sanitizerलगायत अति आवश्यक औषधी हस्तान्तरण काजीराम अधिकारीले धादिङपोष्टलाई बताउनु भयो ।