
धादिङ जेष्ठ १२ । जिल्ला प्रशासन कार्यालय धादिङ र घरेलु तथा साना उद्योग विकास कार्यालय धादिङले बजार अनुगमन गरिरहेको छ ।
आज १५औं दिन नीलकण्ठ नगरपालिकाकामा १६ वटा र नेत्रावती डबजोङ गाउँपालिकाका ११ वटा पसलहरूमा अनुगमन भएको जिल्ला प्रशासनले जनाएको छ ।
अनुगमन टोलीलाई असहयोग समेत गर्ने नेत्रावती डबजोङ(४, भर्याङभुरूङमा रहेको ‘इसामल्टिपल इन्टरप्राइजेज’लाई २० हजार जरिवाना गरिएको छ ।